Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • रत्ननगर-१५ अमर टोल विकास संस्थाको अध्यक्षमा ऋषिराम खनाल

    रत्ननगर-१५ अमर टोल विकास संस्थाको अध्यक्षमा ऋषिराम खनाल

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.6K
    SHARES

    चितवन । जिल्लाको रत्ननगर नगरपालिका-१५ स्थित अमर टोल विकास संस्थाको अध्यक्षमा ऋषिराम खनाल चयन भएका छन् ।

    नगरपालिका वडाध्यक्ष हुमानाथ लामिछानेको अध्यक्षतामा सम्पन्न संस्थाको बैठकले खनाललाई सर्वसम्मत रुपले अध्यक्षमा चयन गरेको हो । यस्तै, उक्त टोलको उपाध्यक्षमा नानीमैयाँ पन्त र सचिवमा ज्ञानेन्द्र खनाल चयन भएका छन्।



    समितिले टोलभित्र शान्ति सुरक्षा कायम गराउन, सरसफाई राख्न तथा टोलमा रहेका मानिसहरुको वृति र विकासका लागि उल्लेख्य कदम चाल्ने अध्यक्ष खनालको भनाइ छ।



    साथै, यस संस्थाले गत शनिबार सोही टोलमा सरसफाई अभियान समेत गरेको टोलका अध्यक्ष खनालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार