Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • २० लाखको चेक बाउन्स मुद्धाका फरार तामाङ सीआईबीको फन्दामा

    २० लाखको चेक बाउन्स मुद्धाका फरार तामाङ सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अदालतबाट ८ दिन कैद र २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

    सिआइबीले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



    सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि फरार रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए ।



    पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

    उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार