Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपाली आउन पाउने : यूएनकै विमानले ल्याउने

    राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपाली आउन पाउने : यूएनकै विमानले ल्याउने

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौं। सरकारले अफगानिस्तानमा रहेर राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपालीलाई घर फर्कने स्वीकृति दिएको छ। त्यहाँ कार्यरत नेपालीले त्यहाँ भन्दा नेपालमा रहन सुरक्षित हुने बताएपछि राष्ट्रसंघले नै उनीहरुलाई फर्काउन पहल गरेको हो। नेपालीको चाहना अनुरुप राष्ट्रसंघले नेपाल सरकारलाई चार्टर उडानको स्वीकृतका लागि एक सातादेखि आग्रह गरेको थियो।

    अफगानिस्तान हेर्ने दिल्ली दूतावास मार्फंत उक्त अनुरोध परराष्ट्रमा आएको हो। त्यसपछि लगातार छलफल भएर बुधबारको उच्चस्तरीय समितिको बैठकले आउन स्वीकृति दिने निर्णय गरेको हो। राष्ट्रसंघमा कार्यरत उनीहरु भित्र सुरक्षित रहेका कारण पनि ल्याउन कुनै समस्या नहुने सुझाव परराष्ट्र मन्त्रालयले दिएपछि समितिले उनीहरुलाई ल्याउने निर्णय लिएको हो।



    कतिपय विदामा रहेका र उनीहरु अन्यत्र जान सक्ने अवस्था पनि नभएकाले ति प्रोफेसनल अधिकारीहरुलाई सरकारले आउन स्वीकृति दिएको हो। उच्चस्तरीय समितिमा यसरी आउँन दिंदा अन्यत्र रहेका नेपालीले पनि संगठित रुपमा फर्कने खोजे के गर्ने भन्ने प्रश्न पनि उठेको परराष्ट्र अधिकारीले बताए।



    अहिले खाडीमा छुट्टि तय गरेका नेपाली फर्कन खोजेका छन् भने यूरोपमा विना भिसामा रहेका नेपालीले पनि स्वदेश फर्कन गैर आवासीय नेपाली मार्फत पहल गरिरहेका छन्।

    उनीहरु सुरक्षित स्थानमा रहेको र परीक्षणसहित आउने हुनाले घरैसम्म लैजाने जिम्मेवारीसमेत राष्ट्रसंघ कै रहेकाले सरकारलाई कुनै समस्या नहरेको र यसको उचित व्यवस्थापन हुने अधिकारीले बताए। परराष्ट्र सचिव शंरदास बैरागीले कति नेपाली फर्कने र कुन प्रकारको निर्णय भएको आफूलाई जानकारी नभएको तर राष्ट्रसंघीय निकायले आग्रह गरिरहेको बताए।

    समितिले संयुक्त राष्टसंघकै विशेष अनुरोधका आधारमा त्यहाँ राष्ट्रसंघीय युनिटमा काम गर्न पुगेका १७ जना नेपालीको उद्दारको स्वीकृत गर्ने निर्णय समितिले लिएको हो। उनीहरु सबैलाई राष्ट्रसंघले विशेष उडान र यहाँ पनि एअरपोर्टबाट छुट्टै व्यवस्था गर्ने तयारीसहित फर्किने छन्। यसबाहेक अन्य नेपाली पनि त्यहाँ रहेकाले उनीहरुको विषयमा के गर्ने भनेर पनि छलफल चलिरहेको एक अधिकारीले बताए।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार उनीहरुलाई उचित तवरले सुरक्षित रुपमा घर पुर्या‍उने गरि तयारी गर्ने निर्णय समितिले गरेको हो। उनले उनीहरुलाई फिर्ता गर्ने विषयमा आएको अनुरोधलाई सरकारले स्विकृत गरेको बताए। नेपाली नपुगेको कुनै कुना नरहेको भन्दै सुरक्षित रहेका नेपालीले घर फर्कन चाहँदा सरकारले समन्वय भने गर्ने भन्दै आएको छ। अहिले भने सरकालरे जहाँ जुन अवस्थामा छन् त्यही रहेर सुरक्षित हुन आग्रह गरिरकेको छ।

    साईप्रसमा रहेका नेपाली यतिबेला आफ्नै मुलुक जान पाए हुन्थ्यो भन्दै सरकारलाई खुलापत्र लेखिरहेका छन्। त्यहाँ अवैध रुपमा रहेर काम गरिरहेका छन्। कतिपय घरेलु कामदारको रुपमा छन्। कोही युरोप पस्ने आशमा पढ्न भन्दै गएर विना भिसा रहेका पनि छन्। उनीहरु पनि स्वदेश फर्कन खोजी रहेका छन्।

    सरकारले कोरोना भाइरसको उत्पती भएको चीनको हुपै प्रान्तको वुहानबाट पनि १ सय ७१ जनालाई चार्टर्ड गरेर फर्काएको र दुई साता क्वारेन्टाइनमा राखेर घर पठाएको थियो। त्यही आशा अन्यत्र रहेका नेपालीले पनि गरिरहेका छन्। तर सरकारले सबै स्थानमा त्यो स्तरको कार्य गर्न सक्दैन। सरकारले त्यहाँ रहेका सरकार प्रमुख र सरोकारवालालाई फोन गरेर आफ्ना नागरिकको रेखदेख गर्न भनेको छ।

    दूतावासले पनि नियमित सम्पर्क गर्न र संक्रमणका परेकालाई उचित उपचारको प्रबन्ध गर्ने कार्य गरिरहेको छ। सबै दूतावासलाई त्यही प्रकारको निर्देशन पनि छ। अहिले नियमित उडान अधिकांश मुलुका छैन। नेपालमा पनि आन्तरिक र अन्तराष्ट्रिय उडान भने सरकारले ३० अप्रिल (वैशाख १८) सम्म स्थगित गरेको छ। जसले गर्दा यस्ता उद्धार कार्य चार्टर्ड उडानमा मात्र सम्भव छ। अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार