Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक: एमाले सांसदहरुको नाराबाजी कायमै

    प्रतिनिधिसभा बैठक: एमाले सांसदहरुको नाराबाजी कायमै

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् ।

    मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरे ।



    तर, एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिए । कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।



    एमालेले कारवाही गरेका १४ संसदमाथिको कारवाहीको सूचना टाँस वा सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार