Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टेक्निसियनविरुद्द आरोपपत्र दायर

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टेक्निसियनविरुद्द आरोपपत्र दायर

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक खाताबाट अस्वाभाविकरुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

    निजको दुई करोड दुई हजार ८८६ रुपैयाँ ६५ पैसा सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । टेक्निसियन ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चलअचल सम्पत्ति लुकाई राखेको पाइएको छ । निज ढकाललाई बिगो स्रोत नखुलेको रकमबराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।



    यसैगरी आयोगले आयातित सामानको न्यून मूल्याङ्कन गरी नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा हानि पु¥याएको आरोपमा मेची भन्सार कार्यालय काँकडभिट्टाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विक र जाँचकी नायब सुब्बा सनद खतिवडासहित सामान आयातकर्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ ३३ पैसा बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार