रामनारायण यादव / सप्तरी । गजेन्द्र नारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक जना कर्मचारी आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छिन् । राजविराज नगरपालिका वडा नम्वर २ की २६ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
एक वर्षअघि रुवीका पति राजन साफीको कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । पतिको मृत्यु भएपछि रुवी मानसिक रुपमा तनावमा रहेको अस्पतालमा कार्यरत एक कर्मचारी बताए ।
रूवी र राजन दुई छोरा छोरीसहित सासूससुरासगँ छुट्टै बस्दै आईरहेको थिए । राजनको मृत्यु भएलगत्तै रुवी र नातिनातिनालाई सासूससुराले घर ल्याएका थिए । त्यसपछि उनी घरेलु हिंसामा परेकी थिइन् । फार्मेसीमा कार्यरत राजन कोरोनाबाट मृत्यु भएपछि नेपाल सरकारले क्षतिपूर्तिबापत उनका उनका परिवारलाई २५ लाख रुपैयाँ रुवीका सासू र देवरले हात पार्न निकै प्रयास गरेका थिए । त्यही विषयमा घरमा विवाद सुरु भएको थियो । पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिर समेत दिएको थियोे ।
घरझगडा सहन नसकेपछि रुवी केही दिनअघि मामाघर गएकी थिइन् । मामाघर जाँदासमेत उनीसँगै छोराछोरी लैजान दिइएन । रुवी आइतबार पनि अस्पतालमा आएर काम गरेको उनका सहकर्मीहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले भने, ‘शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
Leave a Reply