Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनलाई कडा बनाउनेदेखि नाका सुरक्षित बनाउने उच्चस्तरीय समितिको निर्णय

    लकडाउनलाई कडा बनाउनेदेखि नाका सुरक्षित बनाउने उच्चस्तरीय समितिको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ ।

    कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय पनि भएको छ ।



    समितिका प्रवक्ता नारायण प्रसाद बिडारीका अनुसार संक्रमणको संख्या बढेकोले बढीभन्दा बढी संख्यामा परीक्षण गरी संक्रमितलाई पहिचान गर्ने र उपचारमा जाने निर्णय भएको छ ।



    आन्तरिक उडानलाई समेत वैशाख १८ गते सम्म स्थगित गरिएको बिडारीले बताए ।अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ अन्र्तगतका निकायमा कार्यरत नेपालीलाई चार्टड विमानमार्फत नेपाल ल्याउने निर्णय भएको छ । राष्ट्रसंघले नै त्यसबारे पत्राचार गरेको बिडारीले बताए ।

    बैठकले आपूर्तिलाई सहज राख्ने र सुरक्षालाई कडाई गर्ने कुरालाई समन्वयात्मक ढंगले लैजाने र भन्सार नाकामा सहज र सुरक्षित बनाउने निर्णय गरेको विडारीले जानकारी दिए । बैठकले चीनबाट जिटूजी माध्यमबाट स्वास्थ्य सामाग्री खरिदको विषयलाई टुंगो लगाएको छ । सरकारले चीनबाट जिटूजी माध्यमबाट स्वास्थ्य सामाग्री खरिद गरी आयात गर्ने बुधबार समझदारी भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार