काठमाडौं । पूर्व फिफा रेफ्री लब खत्रीको निधन भएको छ । ५० वर्षीय खत्रीको सोमबार बिहान निधन हो ।
पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए । त्यसको केही क्षणमै बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको स्रोतको भनाइ छ।
जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्वखेलाडी समेत रहेका खत्री सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए ।
खत्रीको शव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने बताइएको छ।
Leave a Reply