Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मुख्यमन्त्री शेरधन राई भन्छन – अबको बजेट परम्परागत ढंगको हुँदैन

    मुख्यमन्त्री शेरधन राई भन्छन – अबको बजेट परम्परागत ढंगको हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 5.7K
    SHARES

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  माग र सम्भावनाका आधारमा पारदर्शी ढंगले आगामी बजेट निर्माण गर्न प्रदेश सरकारलाई सहज हुने बताएवताएका छन्।

    प्रदेश १ सरकारले बजेटलाई पारदर्शी र छरितो बनाउन ‘प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७६’ सार्वजनिक गरेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिग्दर्शन सार्वजनिक गर्दै मुख्यमन्त्री  राईले  हिमाल, पहाड र तराईलाई सन्तुलित बनाई बजेट निर्माण गरिन लागेको हुँदा समस्या नआउने समेत वताए।



    मुख्यमन्त्री राईले अबको बजेट परम्परागत ढंगको नभई निश्चित लक्ष्य साथ मापदण्ड भित्र रहेर ल्याउने बताए। मुख्यमन्त्री राईले दिग्दर्शन आएसँगै रातो किताब पुरानो र भद्दा जस्तो नहुने पनि उल्लेख गरे ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार