Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमालेमा १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था

    एमालेमा १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ ।

    शुक्रबारदेखि गोदावरीमा जारी विधान महाधिवेशनमा विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।



    याे सँगै एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने भएकाे छ ।



    यसअघि महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् ।

    यसैगरी एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् ।  विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ ।

    अब एमालेमा निर्वाचनमा उठेर पराजित भएका व्यक्ति आफू उठेकै पदमा मनोनीत हुन पाउने भएका छन् । जस्तै, केन्द्रीय सदस्यमा हारेको नेता पछि त्यही पदमा मनोनीत हुन पाउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार