Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला ? : प्रचण्ड

    जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला ? : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिंदैै तत्कालीन नेकपामा अध्यक्ष केपी शर्मा ओलीले धोका दिएका कारण आफूले त्यतिबेला हेडक्वार्टरमा ‘बमबारी’ गरेको बताएका छन् ।

    माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै उनले देशलाई दुर्घटनामा पर्न नदिन आफूले त्यस्तो गरेको समेत दावी गरे । उनले भने–‘मैले पेश गरेको डकुमेन्ट भनेको ‘बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमवार्ड द बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ । एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै थियो । जे पनि हुन सक्थ्यो । तर, देश दुर्घटनामा पर्न नदिन मैले त्यो गर्नैपर्ने थियो ।’



    ‘केपी ओलीको विचार के हो, उसको शैली के हो, उसको रणनीति के हो, उसको संस्कार के हो, उसको भ्रष्टाचार कतिसम्म छ र उनले जालीझेली कुरा कसरी गर्छन् भन्ने कुराको जुन डकुमेन्ट लेखियो त्यो ‘बमवार्ड द हेडक्वाटर’ थियो ।’ उनले थप भने



    कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओली प्रधानमन्त्री छँदा ३ वर्ष बालुवाटारको बन्दी भएको अनुभव आफूसँग रहेको पनि बताए । उनले भने–‘बिहानै बालुवाटार, दिउसै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ । माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला ? म मौकाको पर्खाइमा थिएँ । जब अ‍ोलीले प्रतिनिधिसभा विघटन गरिदिए, म मुक्त भएजस्तो लाग्यो । म धकेलिएर सडकमा आइपुगेँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार