Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना

    इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 3.2K
    SHARES

    झापा। झापाको इँटा उद्योगमा काम गरिरहेका तीन हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

    इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए । लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करिब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न शुरु गरेसँगै इँटा बनाउने काम रोकिएको छ ।



    कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफैँ खाना पकाएर खान्छन् । उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पु¥याइदिने गरेका छन् । “उनीहरुलाई घर पठाउने परिस्थिति नभएकाले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौँ”, सङ्घका अध्यक्ष थापाले भने, “उद्योग परिसरबाट उनीहरुलाई बाहिर जान दिएका छैनौँ र बाहिरका मान्छेलाई भित्र पस्न रोक लगाएका छौँ ।”



    बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं ८ का वडाध्यक्षसमेत रहनुभएका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताए । उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उनको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उनले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिए ।

    “हामीले खाने र बस्ने व्यवस्था गरे पनि उनीहरु खुशी छैनन्”, उनले भने, “आफू सुरक्षित रहे पनि घरमा रहेका परिवार रोइरहेको अवस्था छ भन्दै बिलौना गर्छन् । कसरी सुरक्षितरूपमा उनीहरुलाई घर फर्काउने हो भन्नेबारेमा उद्योगीबीच छलफल भइरहेको छ ।” नेपाल इँटा उद्योग सङ्घका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताए ।
    रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार