Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमालेको विधान महाधिवेशन: गोदावरीमा प्रतिनिधिहरुको लर्को

    एमालेको विधान महाधिवेशन: गोदावरीमा प्रतिनिधिहरुको लर्को

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु भएको छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने भनिएको यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।

    विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी छन् ।



    विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । उद्घाटन सत्रपछि महाधिवशेनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार