Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ईपीएल: काठमाडौँ किङ्समाथि चितवन टाइगर्सको रोमान्चक जित

    ईपीएल: काठमाडौँ किङ्समाथि चितवन टाइगर्सको रोमान्चक जित

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।



    चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए ।



    काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २-२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउदा राजु रिजालले २८ रन जोडे ।

    त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए ।
    चितवनले २ खेलमा ४ अङ्क जोडेको छ ।

    काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार