Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राहत वितरणको निहुँमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

    राहत वितरणको निहुँमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 3.3K
    SHARES

    मलंगवा । सर्लाहीमा भीड राहत वितरणको निहुँमा झडप प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेकाे छ। ईश्वरपुर नगरपालिका–१५ गौरीशंकरमा राहत वितरणको विषयमा झडप भएको हाे। झडपमा परी दुई प्रहरी घाइते समेत भएका छन् ।

    राहत वितरणको विषयमा वडाअध्यक्ष सहित जनप्रतिनिधि र स्थानीयको एक समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। झडपमा परी दुई प्रहरी घाइते भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। झडपल नियन्त्रणका लागि प्रहरीले दुई सेल अश्रँग्यास समेत प्रहार गर्नु परेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।



    १५० जनाको समूहले आफूहरुको नाम राहत पाउने लिष्टमा नभएको भन्दै वडाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाद गर्न आएका व्यक्तिलाई सम्झाउन खोज्दा प्रहरीमाथि ढुगाँमुढा प्रहार गरिएको थियो।



    उनका अनुसार ढुुंगाले लागेर प्रहरी सहायक निरीक्षक विरेन्द्र यादव तथा प्रहरी जवान भागेश्वर यादव सामान्य घाइते भएका छन्। फेरी पनि झडप हुन सक्ने भएकाले उक्त वडामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको र हाल स्थिति शान्तिपूर्ण रहेको कुवँरले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार