Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मन्त्रालयको भागवण्डा छिट्टै टुंगिने प्रचण्डको दाबी, यी हुन् माओवादीबाट मन्त्री बन्ने नयाँ अनुहारहरु

    मन्त्रालयको भागवण्डा छिट्टै टुंगिने प्रचण्डको दाबी, यी हुन् माओवादीबाट मन्त्री बन्ने नयाँ अनुहारहरु

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् ।

    बिहीबार सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सव कर्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो दाबी गरेका हुन्।



    ‘अर्थ र उर्जा मन्त्रालय लिइसकेका छौं, प्रचण्डले भने, ‘अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ।’ प्रचण्डका अनुसार यसअघि मन्त्री नभएकालाई पार्टीले प्राथमिकतामा राखेको छ । जसमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा रहेको उनीनिकट स्रोतको दाबी छ।



    यस्तै, अर्का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पनि सरकारमा जान खोजेका थिए । तर, प्रतिनिधिसभा चुनाव हारेका कारण उनी सरकारमा गए नराम्रो सन्देश जाने भन्दै माओवादीले अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई अगाडि सारेको छ।

    यसैगरी सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने कुरालाई आत्मसाथ गर्दै माओवादीले सुदन किराती, महेश्वर गहतराजलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यता मधेशी र थारु समुदायबाट भने अमनलाल मोदी र सन्तकुमार चौधरी पनि मन्त्रीको लाइनमा रहेको स्रोतको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार