Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आजदेखि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु, नेतृत्वका लागि को-को छन् दौडमा ?

    आजदेखि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु, नेतृत्वका लागि को-को छन् दौडमा ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आजदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

    सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् ।



    यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् ।



    यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका कारणले यसपटक थोरै प्रतिनिधिको सहभागिता हुन लागेको अखिलको भनाइ छ।

    सम्मेलन आगामी शनिबारसम्म चल्ने अखिलले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार