Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अमेरिकामा ‘थेत्लङ्’ प्रदर्शन हुने

    अमेरिकामा ‘थेत्लङ्’ प्रदर्शन हुने

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 1.9K
    SHARES

    न्युयोर्क । किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को आगामी तिहारलगतै विशेष प्रदर्शन हुने भएको छ ।

    किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोग र दिपक थेवेको संयोजकत्वमा ‘थेत्लङ्’को विशेष प्रदर्शन हुन लागेको हो । आयोजक पक्षका अनुसार १४ नोभेम्बर २०२१ आईतबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा चलचित्रको बिशेष प्रदर्शन हुनेछ ।



    चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंङ्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंङ् र बिराज लिम्बु रहेका छन् ।



    ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार