एजेन्सी। पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे ५ हजार आसपास पुगेको छ । त्यहाँ मंगलबार २६६ संक्रमित थपिँदा २ जनाको ज्यान गएको छ ।
योसँगै पाकिस्तानमा मृतकको संख्या ९२ पुगेको वर्ल्डमीटरको तथ्यांकमा उल्लेख छ । त्यहाँ १ हजार बढी निको भइसकेका छन् भने ४३ सय बिरामीको उपचार जारी छ । जसमध्ये ४४ जनाको अवस्था गम्भीर छ ।
बुधबार बिहानसम्म कोरोनाबाट १९ लाख ९७ हजार संक्रमित भइसकेका छन् । जसमध्ये ४ लाख ७८ संक्रमित उपचारपछि घर फर्किएका छन् भने १ लाख २५ हजार बढीको मृत्यु भएको छ ।
Leave a Reply