Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अर्जुन लामा हत्या प्रकरण: सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    अर्जुन लामा हत्या प्रकरण: सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा पेसीमा चढेको भएपनि ‘हेर्न नमिल्ने’मा परेको छ।

    २०६८ सालमा पूर्णिमाया लामालगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी तोकिएको थियो।



    बुधबार संवैधानिक इजलासमा पेसी चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको रिट निवेदक मध्येका एक कनकमणि दीक्षितले जानकारी दिए। दीक्षितका अनुसार उक्त मुद्धाको पेसी एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि सरेको बताए।



    सभामुख सापकोटाको मुद्दा अन्तिम पटक गत भदौं १६ गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो।

    मुद्दाको सुनुवाइका लागि पटक पटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ।

    तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार