Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेनाकाे कहर: गोरखामा पनि एक युवाको र्‍यापिड टेष्ट पोजेटिभ

    काेराेनाकाे कहर: गोरखामा पनि एक युवाको र्‍यापिड टेष्ट पोजेटिभ

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 1.7K
    SHARES

    गोरखा : र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा गोरखा आरुघाटका एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

    मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।



    मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्य २० जनाको आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गरिएको थियो । ‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो’, गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ । अब दुई दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।’ उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका अध्यक्ष दाहालले जानकारी दिए ।



    त्यस्तै आरुघाट गाउँपालिकाकै अर्का एक युवाको पनि रिपोर्ट शंकास्पद देखिएको अध्यक्षले बताए । उनको पनि स्वाब पठाइएको उनले बताए । दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको छ भने परिबारलाई होमक्वारेण्टाइनमा राखिएको अध्यक्ष दाहालले बताए ।

    मंगलबार नै गोरखाको भीमसेन थापा गाउँपालिकाका २३ जनाको पनि आरडिटी परीक्षण गरिएको थियो । विदेशबाट आएका गाउँपालिकाभरिका २६ जनामध्य २३ जनाको परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । उनीहरु सबैको रिपोर्ट दुई दिनपछि मात्र आउने स्वास्थ्य कार्यालय, गोरखाले जनाएको छ । अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार