Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माओवादीबाट सरकारमा जानेहरुको टुंगो लाग्यो, यी हुन् मन्त्री बन्ने नयाँ अनुहारहरु

    माओवादीबाट सरकारमा जानेहरुको टुंगो लाग्यो, यी हुन् मन्त्री बन्ने नयाँ अनुहारहरु

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ।

    कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएसँगै उसले मन्त्रीहरुको टुंगो लगाएको स्रोतले जनाएको छ।



    त्यसमध्ये अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । अब देउवा सरकारमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री मात्र थप हुनेछन्।



    स्रोतका अनुसार यसअघि मन्त्री नभएकालाई पार्टीले प्राथमिकतामा राखेको छ । जसमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा रहेका छन्।

    यस्तै, अर्का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पनि सरकारमा जान खोजेका थिए । तर, प्रतिनिधिसभा चुनाव हारेका कारण उनी सरकारमा गए नराम्रो सन्देश जाने भन्दै माओवादीले अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई अगाडि सारेको छ।

    यसैगरी सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने कुरालाई आत्मसाथ गर्दै माओवादीले सुदन किराती, महेश्वर गहतराजलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यता मधेशी र थारु समुदायबाट भने अमनलाल मोदी र सन्तकुमार चौधरी पनि मन्त्रीको लाइनमा रहेको स्रोतको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार