Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राज्यलाई १ अर्ब घाटा पुर्याएका चुडामणी शर्मासँग ५० लाख धरौटी माग

    राज्यलाई १ अर्ब घाटा पुर्याएका चुडामणी शर्मासँग ५० लाख धरौटी माग

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मासँग ५० लाख धरौटी मागेको छ ।

    सोमबार विशेष अदालतमा हाजिर हुन पुगेका शर्मालाई बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।



    राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



    करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार