एजेन्सी। चिनियाँ सेनाले ताइवानको खाडी हुँदै आएको बेलायती युद्धपोतलाई चेतावनी दिएको बताएको छ।
चीनले बेलायतलाई खराब नियतको आरोप लगाएको छ। चीन ताइवान टापुलाई आफ्नो हिस्सा मान्दछ।
ब्रिटिश युद्धपोत एचएमएस रिचमण्ड इन्डो प्यासिफिक क्षेत्रमा अवस्थित एक विमान वाहक स्ट्राइक समूहको हिस्सा हो।
यो जहाजको ट्विटर एकाउन्टमा युद्धपोत भियतनामतिर जाँदै गरेको भनिएको छ।
चीनले ताइवानलाई विद्रोही राज्य मान्दछ।
चीन र ताइवानबीच १९४९ देखी विवाद चलिरहेको छ। ताइवानको अन्तर्राष्ट्रिय संगठनहरुमा पहुँच छैन र यसले सीमित अन्तर्राष्ट्रिय मान्यता पाएको छ।
संसारका १५ देश मात्र ताइवानलाई एक स्वतन्त्र राष्ट्र मान्छन्।
After a busy period working with partners and allies in the East China Sea, we are now en route through the Taiwan Strait to visit #Vietnam and the Vietnam People's Navy. #CSG21 International by design pic.twitter.com/0bys9eYY42
— HMS Richmond (@HMS_Richmond) September 26, 2021
Leave a Reply