Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैयाँ

    क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैयाँ

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.6K
    SHARES

    पोखरा। गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले खाना र नास्ताबापत दैनिक उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे हाे।

    प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।



    “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन रु ५१० का दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले भने ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार