Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्डेड’

    ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्डेड’

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.4K
    SHARES

    एजेन्सी। श्रींलकास्थित चीनीयाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘ससपेन्ड’ गरिएको छ । ट्वीटर सञ्चालनको नियमहरु उल्लंधन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

    यद्यपि खास के कारणले अकाउण्ट बन्द गरिएकोे भने बताइएको छैन् । तर केही दिनदेखी चीनीयाँ दूतावासको ट्वीटर ह्याण्टलबाट केही प्रयोगकर्तामाथि वाक युद्ध छेडिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।



    चीनमाथि कोरोनाभाईरस फैलाएको आरोप लगाउने ट्वीटर प्रयोगकर्तामाथि दूतावासको ह्याण्डलबाट शाब्दिक आक्रमण हुनथालेको बुझिएकोे छ । दूतावासद्वारा गैर–कूटनीतिक शब्दको पनि प्रयोग गरिएको आरोप लगाइएको छ ।



    दूतावासका प्रवक्ताले अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने ट्वीटरले आफ्नो अकाउण्ट बन्द गरेको भन्दै ट्वीटरमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । गत साता दूतावासले श्रीलंकाको एक मुख्य पत्रिकाले कोरोनाबारे छापिएको एक आलेखलाई लिएर दुई पत्रकार विरुद्ध व्यक्तिगत रुपमा सार्वजनीक टिप्पणी गरेको थियो ।

    विभिन्न देशमा रहेका चिनिँया दूतावासहरु यसरी सञ्चार माध्यममाथि खनिएको भने यो पहिलो पटक होइन् । यसअघि अष्ट्रेलियास्थित चीनिँया दूतावासले त्यहाँको मूख्य पत्रिका द डेली टेलिग्रामलाई पनि सार्वजनीक धम्की दिएको थियो भने नेपालस्थित चीनिँया दूतावासले पनि द काठमाडौं पोष्टका पुर्वसम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने चेतावनी दिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार