Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ईपीएलमा चितवनको बिजयी सुरुवात, विराटनगर २ विकेटले पराजित

    ईपीएलमा चितवनको बिजयी सुरुवात, विराटनगर २ विकेटले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले बिजयी  सुरुवात गरेको हो ।



    विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।



    चितवनको जितमा राजेश पुलामीले सर्वाधिक ४३ रन बनाए । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए ।

    विराटनगरका सिकन्दर राजा र करण केसीले २/२ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

    खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए ।

    चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २/२ विकेट लिए ।  यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार