काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशको खारेजीपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Leave a Reply