Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमामा आवतजावत अनिश्‍चितकालका लागि बन्द, थप प्रहरी परिचालन

    सीमामा आवतजावत अनिश्‍चितकालका लागि बन्द, थप प्रहरी परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ — छिमेकी राष्ट्र भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको हाे।

    ‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद स्रोतले बतायो।



    लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन। संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार