Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • थप पाँच सयवटा सवारी चार्जिङ स्टेसन निर्माण गर्दै विद्युत् प्राधिकरण

    थप पाँच सयवटा सवारी चार्जिङ स्टेसन निर्माण गर्दै विद्युत् प्राधिकरण

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर, स्राेत : गुगल

    xकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ ।

    प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।



    स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिनुभयो ।



    प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।

    चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ । प्रमुख ज्ञवालीले भन्नुभयो, “अबको नौ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता हो तर छरसात महिनामै सक्ने योजनामा छौंँ ।”

    उहाँका अनुसार, विद्युतीय स्टेसनबाट कार आधा घण्टामा र बस एक घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफरमर राखिने छ ।

    पहिलो चरणमा ८२ स्थान सूचीकृत भएकोमा ३२ स्थानमा स्टेसन स्थापना गरिने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसन निर्माणका लागि स्थान छनोट भइसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार