काठमाडौँ । महानगरीय अपराध महाशाखाले एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामेछापका सञ्जीव खड्का, हेटौंडाका राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ, देव तामाङ, रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदिप यादव र रामेछापका शंकर कठायत रहेका छन् ।
उनीहरुलाई नयाँ वानेश्वर संगमचोकस्थित पूर्वआईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरी भएपछि खोजतसालका क्रममा पक्राउ गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यो समूहले रातको समूहमा एभोकाडो चोरेर पसलहरुमा विक्री गर्दै आएको थियो। अभियुक्तहरुले चोरेको एभोकाडो बेच्ने पसलहरुमाथि पनि कारबाही बढाइएको महाशाखाका सूचना अधिकृत एसपी कृष्ण कोइरालाले बताए ।
Leave a Reply