Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ओलीलाई चुनौती दिँदै प्रभु साहले राखे आठ बुँदे माग

    ओलीलाई चुनौती दिँदै प्रभु साहले राखे आठ बुँदे माग

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नवप्रवेशी नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रभु साहले आठ बुँदे माग राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले बताएका छन् ।

    पूर्वमाओवादी नेता साहले एमालेमा आफ्नो हैसियत खोज्दै जनताको बहुदलीय जनवाद नभइ नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग राखेका छन् ।



    यस्तै, एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।



    साहको हैसियत अहिले एमालेको केन्द्रीय सदस्य छ । तर, उनले एमालेका स्थायी कमिटी सदस्य माग गरेका छन् । रौतहटमा राम्रो प्रभाव रहेका साह माओवादीबाट एमाले बनेका प्रतिनिधिसभाका चार पूर्वसांसदमध्ये सबैभन्दा बलियो जनाधार भएका नेता हुन् ।

    यस्तै, नेता साहले आर्मीलाई पार्टीको सांगठनिक रुपमा विस्तार गर्ने, प्रदेश २ मा पदाधिकारी चयन तथा कार्यविभाजनमा पहिले भएको सहमतिको कार्यन्वयन गर्नुपर्ने जस्ता माग राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार