काठमाडौँ । ठमेलस्थित विहानी होटलमा एक जना जर्मन नागरिकको शव फेला परेको छ ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार डेविड मिटज्याकट नाम गरेका जर्मन नागरिकको शव फेला परेको हो।
प्रहरीका अनुसार उनी तीन महिनाअघि पर्यटक भिसामा नेपाल आएको अनुसन्धानको क्रममा खुलेको छ । यस्तै, मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
अहिले शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीको भनाइ छ ।
Leave a Reply