Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गगन थापा भन्छन- कोरोनाको लडाइँमा ओलीको कमाण्ड र कन्ट्रोल असफल

    गगन थापा भन्छन- कोरोनाको लडाइँमा ओलीको कमाण्ड र कन्ट्रोल असफल

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको कमाण्ड र कन्ट्रोल असफल भएको आरोप लगाएका छन्।  कोरोना भाइरस संक्रमणको रोकथाम  कार्यमा कमाण्ड पाएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर असफल भएको नेता थापाले प्रस्ट परेका छन्  ।

    एउटा निजी टेलिजनसँगको अन्तर्वार्तामा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि दिइएको जिम्मेवारी उपप्रधानमन्त्री पोखरेलले पूरा गर्न नसकेको बताए ।



    ‘प्रधानमन्त्रीलाई यस बेला लाग्छ होला मैले कमभन्दा कम कुरा सुन्नुपर्छ । मैले आदेश दिने हो तलकाले पालना गर्नुपर्छ भन्ने भ्रम छ होला’, थापाले भने, ‘जति कम अधिकार भयो, जति मैले सीमित गरिदिए । जति मैले शासनलाई बलियोसँग चलाएँ भने बढी प्रभावकारी हुन्छ भन्ने प्रधानमन्त्रीलाई लाग्दो होला । तपाई गलत हुनुहुन्छ ।’



    ‘प्रधानमन्त्री ओलीजी तपाईले जति बढी सहभागी गराउनुभयो, अरुको कुरा सुन्नुभयो । तलदेखि माथिसम्मका कुरा सुन्नुपर्छ’,  नेता थापाले भने, ‘तल राहत वितरण गर्नेदेखि स्थानीय सरकारदेखि माथिसम्मका कुरा सुनिदिने हो ।’

    ‘सबैको सहभागिता गराएर निर्णय गरियो भने त्यो निर्णय कार्यान्वयनमा सहि ढंगले जान्छ’, उनले भने, ‘म मेरो प्रधानमन्त्रीलाई सबैसँग छलफल गरेर अगाडि बढ्नुस् भन्न चाहन्छु ।’
    प्रधानमन्त्री ओली र उनको समूह कोरोना भाइरसको संक्रमण रोक्न असफल हुँदै गएको कांग्रेस नेता थापाले आरोप लगाए ।

    ‘अहिले पनि अनुदार हुनुहुँदैन’, थापाले भने, ‘सबैको पहुँचमा प्रधानमन्त्री रहनुपर्छ ।’

    ‘प्रधानमन्त्रीले आफूमाथि प्रश्न आउनेवित्तिकै त्यसलाई ढाकछोप गरिहाल्नुपर्ने अवस्था छ’, उनले भने, ‘तपाईले आश्वस्त गर्नुस् न तपाईलाई हामीले के भन्यौँ । स्वास्थ्य सामग्रीको खरिदमा अनियमितता भयो । अनियमितता भएकै छ । सामग्री ल्याउन सकिएन ।’

    ‘नल्याउनु पर्ने मान्छेले ल्यायो । सामग्री आएको छैन । अनियमितता भयो भन्नुभयो । साथीहरूले कुरा उठाउनुभयो पनि भन्नुभयो । मेरो नोटिसमा आयो पनि ओलीजीले भन्नुभयो’, उनले भने, ‘अख्यिारले छानविन शुरु गरेको छ । सरकारले कसैको संरक्षण गर्दैन । जसले गरेको छ त्यसलाई कारबाही हुन्छ भनेर पनि ओलीले भन्नुभएन ।’

    ‘हामीले पनि अहिले नै कारबाही होस् भन्दैनौँ । हामी आश्वस्त मात्रै हुन खोजेको हो’, थापाले भने, ‘कतिपय कुरामा हामीले प्रधानमन्त्रीलाई आशंकाको सुविधा पनि दिएका छौँ ।’

    ‘कोरोनाको लडाइँमा यहाँ कमाण्ड र कन्ट्रोल भएन । प्रधानमन्त्रीबाट निर्देशन भयो । निर्देशन र कमाण्ड तथा कन्ट्रोलमा फरक कुरा छ’, कांग्रेस नेता थापाले भने, ‘प्रधानमन्त्री टेलिभिजनमा आउने यस्तो–यस्तो हुन्छ भनेर निर्देशन दिने कुरा लकडाउनको कुरालाई बेलाबेला तपाईलाई के लागेको होला ? लकडाउनको पालना व्यक्तिगत रुपमा व्यक्तिले पालना गरिरहेको छ ।’

    ‘मानिसहरू सोलुबाट हिँडेर कैलाली पुगेको छ । मान्छेहरूले व्यक्तिगत रुपमा सेक्रिफाइज गरेको छ । त्यो सेक्रिफाइज किन गरेको भने मिडियाले सु–सूचित गरेको छ । दुई तीन महिनादेखि मिडियाले संसारभरिको कुरा भन्दै गर्दा सबैलाई के लागेको छ भने लकडाउनभन्दा अर्को बिकल्प छैन’, उनले भने, ‘घरबाट निस्कियो भने तलमाथि भयो भने हामीलाई जोगाउन सक्दैन । हाम्रो संरचनामा त्यो ताकत छैन । हामीमा शासकीय क्षमता पनि छैन ।’

    ‘नगारिकले आफूले गर्नुपर्ने कुरा गरिरहेको छ । सरकारले लकडाउन गरेर ठीक गरेको छ । यो बेला समन्वय भएर जुन खालको कमाण्ड हुनुपर्ने हो त्यसको कमाण्ड गर्न सक्नुभएको छैन’, थापाले भने, ‘प्रधानमन्त्रीजीले जसलाई जिम्मा दिनुभयो उपप्रधानमन्त्री ईश्वर पोखरेलले कमाण्ड गर्न मौका पाउनुभएको हो । उहाँले कमाण्ड गर्न सक्नुभएन ।’

    ‘ईश्वर पोखरेलजीले मौका पाउनुभएको थियो कमाण्ड गर्न सक्नुभएन । प्रधानमनत्रीजी आफू अस्वस्थ्य हुनुहुन्छ’, थापाले भने, ‘ओलीजीले बेलाबेला सूचना लिनुभएको छ होला । कमाण्ड र कन्ट्रोल जसरी हुनुपर्ने हो हुन सकेको छैन ।’

    लकडाउनका कारण मुलुकको अर्थतन्त्र संकटमा पर्ने अवस्था सिर्जना भएको कांग्रेसका युवा नेता थापाले बताए ।

    ‘यसले हाम्रो अर्थतन्त्रमा यति ठूलो चोट पार्न थालिसकेको छ । जुन एक्टरहरूलाई जिम्मेवारी दिनुभएको थियो अर्थ मन्त्रालय चलाउने कुरामा । अर्थमन्त्रालयमा पनि त्यस्तै अनुदारता छ’, थापाले भने, ‘अर्थमन्त्रीले सबै कुरा आफै जान्ने । आफूलाई बाहेक सबै कुरा संसारलाई थाहा छैन भन्ने सोँच्नु हुन्छ ।’

    ‘अर्थमन्त्री युवराज खतिवडाजी सबैतिरबाट क्लोज भएर बस्नुभएको छ’, थापाले भने, ‘अर्थमन्त्रीलाई कतैबाट नयाँ आइडिया पनि आउँदैन । प्राइभेट सेक्टरले आफ्नो कुरा राख्न पाएको छैन । अर्थमन्त्रीसँग सांसदले कुरा राख्न पाएको छैन ।’

    ‘अर्थमन्त्रीले अर्थतन्त्र सहभागितामूलक बनाउनु भएन भने भोलिका दिनमा सरकारले मुठ्ठी कस्छु भन्यो भने काम गर्न सक्ने अवस्था नहुन सक्छ’, उनले भने, ‘मुठ्ठी खुकुलो बनाउँछु भनेको ठाउँमा सबैको मद्धत चाहिन्छ । घरपट्टीसँग घर भाडा नलेउ भन्दै गर्दा घरबेटी भाडा नलिन तयार हुने अवस्था बनाउनुपर्छ ।’

    ‘एकछाक मात्रै खाउ भन्ने अवस्था आउन सक्छ । यो बेलामा विश्वास चाहिन्छ । निर्वाचित नेतृत्वले यो बेला नागरिकसँगको विश्वास हो । डर होइन । डर, भ्रम, तिरस्कार, तर्साएर होइन छलफल गरेर जानुपर्छ’, कांग्रेस नेता थापाले भने, ‘म प्रधानमन्त्री थिएँ र मेरोबारेमा सबैभन्दा धेरै जसले आलोचना गरेको छ त्यसैलाई बोलाउन भन्थे र कुरा सुन्थे ।’

    थापाले भने, ‘प्रधानमन्त्री ओलीजीले फलानोले यसो भन्ने मलाई भनेर रिसाएर बस्नु भएको हुनुपर्छ । यो अवस्थामा यसरी शासकीय क्षमता राख्दैन ।’

    कांग्रेस नेता थापाले आफ्नो टिममा साइबर आक्रमण गर्ने समूह नरहेको बताएका छन् ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार