Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एमाले अध्यक्ष ओलीद्वारा माओवादीलाई ‘माके’ र माधव नेपालको पार्टीलाई ‘माने’को संज्ञा

    एमाले अध्यक्ष ओलीद्वारा माओवादीलाई ‘माके’ र माधव नेपालको पार्टीलाई ‘माने’को संज्ञा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र सरकारको चर्को आलोचना गरेका छन्।

    बिहीबार उपत्यका विशेष एमाले प्रदेश कमिटीले काठमाडौंमा गरेको एक कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताए ।



    ओलीले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टीको संज्ञा दिँदै भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, ओलीले भने, ‘एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’



    यस्तै, कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरे । आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार