Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोना भाइरस

    १,२३९ जनामा संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु, १,३२४ जना डिस्चार्ज

    १,२३९ जनामा संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु, १,३२४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ को एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८७ हजार ७६९ जना पुगेको छ ।



    जसमध्ये १९ हजार ४७३ जना होम आइसोलेसनमा र १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०७२ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार १,३३० जना संक्रमित थपिँदा ५ जनाको मृत्यु भएको थियो भने  १,८३० जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार