Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाउन अनुमति

    कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाउन अनुमति

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 4.4K
    SHARES

    (एजेन्सी) ) । भारतीय बामपन्थी नेता कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ। जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’ लगाएको आरोपमा दिल्ली प्रहरीले राजद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो।

    प्रहरीले उनीसहित उमर खालिद, अनिर्बानका अलावा ७ जनालाई अभियुक्त बनाए पनि दिल्ली सरकारबाट अनुमति मिलेको थिएन। यो घटना सन् २०१६ फेब्रुअरी ९ को हो।



    अरविन्द केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेसँगै कन्हैयाविरुद्ध मुद्दा चलाउन स्वीकृति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत विरोधी नारा लगाएको आरोपमा यसअघि प्रहरीले कन्हैया कुमार‚ उमर खालिद र अनिर्बानबाहेक अन्य ७ जनालाई अभियुक्त बनाएको थियो।



    दिल्ली सरकारले देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएलगत्तै कन्हैया कुमारले फास्ट ट्रायकबाट मुद्दाको सुनुवाई गर्न माग गरेका हुन् । उनले ट्विट गर्दै यस्तो माग गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार