Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • आफ्नै छोरी बलात्कारको आरोप लागेका बुवा ५ लाख धरौटीमा रिहा

    आफ्नै छोरी बलात्कारको आरोप लागेका बुवा ५ लाख धरौटीमा रिहा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    विराटनगर । जिल्ला अदालत मोरङले छोरी बलात्कारको आरोपमा पक्राउ परेका पुरुषलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

    १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुषलाई न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।



    गत ०७७ माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी परेपछि ती पुरुष पक्राउ परेका थिए।



    पीडित बालिकाकी आमाका अनुसार आमा–बुबाबीच अंश र सम्बन्ध विच्छेदको मुद्दा चलिरहदाँ नागरिकता बनाउन र जन्मदर्ता लिनका लागि छोरी घरमा गएकाे बेला आरोपीले करणी गरेका थिए ।

    इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बालिकाले दिएको जाहेरीमा राति हजुरआमासँग सुतेका बेला ओछ्यानबाट उठाएर स्टोर कोठामा लगेर बुबाले करणी गरेको उल्लेख गरिएको छ ।

    पीडित किशोरीको मेडिकल रिपोर्ट, आरोपी र आरोपीकी आमाको बयानका आधारमा अभियुक्तलाई धरौटीमा छाडेकोअदालतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार