Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • यी हुन कोरोनाको बहाना बनाएर गर्भवतीलाई डेराबाट निकाल्ने घरबेटी

    यी हुन कोरोनाको बहाना बनाएर गर्भवतीलाई डेराबाट निकाल्ने घरबेटी

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेको समाचार छ । कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

    बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।



    कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले कोरोना संक्रमण आशंकामा नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।
    जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्। चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए।



    घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी आफूहरूलाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको शर्माले बताए।
    घरधनीले कोरोनाको आशंकामा कोठाबाट निस्कन दबाब दिएपछि शर्माले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेर परीक्षण गराएका थिए। परीक्षणमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको थियो। आफूहरू विदेशबाट नआएको र विदेशबाट आएका मानिससँगको सम्पर्कमा पनि नरहेको जानकारी गराउँदा पनि घरधनीले कोठा छाड्न दबाब दिएको उनले बताए।
    घरधनी महर्जनले उनीहरूलाई कोठाबाट निकालेको स्वीकारे। छरछिमेकी डराएकाले कोठाबाट निस्कन भनेको उनले बताए।

    घरधनीले डेराबाट निस्कन दबाब दिएको गुनासो शर्माबाट आएपछि समस्या सुल्झाउन प्रहरीलाई निर्देशन दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले बताए।

    घरधनीले दुव्र्यवहार गरेपछि घटनास्थल पुगेको प्रहरी पनि स्थानीयका अघि निरीह बनेको थियो। यसअघि दाङ घोराहीका एक घरधनीले अस्पतालमा काम गर्ने नर्सबाट कोरोना सर्ने आशंकामा उनलाई डेराबाट निकालेका थिए।

    घोराही उपमहानगरपालिका– १८ का नारायण आचार्यले आफ्नो घरमा डेरामा बस्दै आएकी नर्स सिर्जना खड्कालाई निकालेका थिए। आचार्य घोराही– २ का वडासचिव हुन्। उक्त घटनापछि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको थियो। (नागरिकबाट)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार