लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं मुल्यको अवैध जडिबुटीसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सदरमुकाम बेंसीसहरमा मध्यरातमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई बहुमूल्य जडिबुटी पाँचऔंले र निरमसीसहित पक्राउ गरेको हो । बहुमूल्य जडिबुटीको मुल्य ५४ लाख पर्ने प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरुमा क्रमश : मर्स्याङ्दी गाउँपालिका ६ का ४८ वर्षीय आइतराम तामाङ, ३७ वर्षीय रामबहादुर तामाङ र २४ वर्षीय मिनबहादुर तामाङ रहेका छन्। ।
उनीहरुको साथबाट १५ किलो ५ सय ग्राम ९१० हजार ७ सय ९( थान) पाँचऔंले र १३ किलो ४ सय ग्राम निरमसी बरामद गरिएको छ । बरामद अवैध जडिबुटी ५४ लाख रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।
पक्राउ गरिएका उनीहरुलाई सोधपुछसहित डिभिजन वन कार्यालय, लमजुङमा कानुनी कारबाहीको लागि बुझाइएको छ ।
Leave a Reply