काठमाडौं। महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरको मुद्दामा १ करोड २५ लाख रुपैयाँ जरिवाना र १७ दिन कैद सजाय सुनाइएका फरारव्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ घर भई बारा जितपुर सिमरा बस्दै आएका ६७ बर्षीय कृष्णबहादुर थापा रहेका छन् । उनलाई महाशाखाले सोमबार पर्सा बिरगगन्ज-१५ पुर्णिमा चोकबाट पक्राउ गरेको हो ।
महाशाखाका अनुसार आरोपित थापा बैंकिङ कसुरको जाहेरीमा दोषी ठहर भएका थिए । २०७८।०६।०२ गते उच्च अदालत पाटनले उनलाई दोही ठहर गर्दै १ करोड २५ लाख जरिवाना र १७ दिन कैदको सजाय सुनाएको थियो ।
पक्राउ परेका थापालाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।
Leave a Reply