Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आज चट्याङसहित वर्षाको सम्भावना

    आज चट्याङसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    अहिले बिहान देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहेको छ। यस्तै मध्य भूभागमा हल्का वर्षा भैरहेको छ ।



    महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने छ भने देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।



    यस्तै राति देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ भने मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    यसैगरी बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

    राती देशको पूर्वी भूभाग र मध्य तथा पश्चिमका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    यसैगरी बिहीबार देशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यसैगरी राति देशको पश्चिमी पहाडी भूभागमा आँशिक बदली र मध्य तथा पूर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भूभागमका एक दुइ स्थानमा दिउँसो र राति मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार