Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • व्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारेर लाखौं असुल्ने महिलाको गिरोह सार्वजनिक

    व्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारेर लाखौं असुल्ने महिलाको गिरोह सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.2K
    SHARES

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा पक्राउ परेका तीन जना महिलालाई सार्वजनिक गरेको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार रहेका छन्।



    पक्राउ परेका उनीहरुले घोराहीका एक व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुलेको प्रहरीले बताएको छ।



    सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

    पक्राउ परेका उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार