Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओलीलाई नेपालको कटाक्ष : एमालेको नाम लिने बित्तिकै नाक मुख खुम्च्याउने दिन आयो

    ओलीलाई नेपालको कटाक्ष : एमालेको नाम लिने बित्तिकै नाक मुख खुम्च्याउने दिन आयो

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    कास्की ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको नाम लिने बित्तिकै सबैले नाक मुख खुम्च्याउने अवस्था आएको दाबी गरेका छन्।

    आइबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ पार्टी गठन गरेर बाध्यात्मक रुपमा हिँड्नुपरेको बताउँदै एमालेमा ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्दै यस्तो दाबी गरेका हुन्।



    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्युसोको संज्ञा दिएको स्मरण गर्दै ओलीलाई नै प्युसोको संज्ञा दिंदै आगामी दिनहरुमा उनलाई जनताले सजाय दिने बताए ।



    लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति पार्टीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्दै नेपालले भने, ‘मेरो आदेश नमान्ने सबैको कत्लेआम गर्दिन्छु भन्ने ! प्रतिनिधि सभाको हत्या गर्ने ?’ आक्रोशित नेपालले प्रश्न गरे, ‘अन्य देशमा यस्तो घटना भए प्रधानमन्त्रीलाई सजाय दिने गरिन्छ। अब ओलीलाई नेपाली जनताले सजाय दिन्छन्।’

    यस्तै, कार्यक्रममा नेता नेपालले आफूहरु एक हप्ताभित्र केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए । ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

    यसैगरी नेपालले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेकोबारे भने,  ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ नेपालले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार