काठमाडौं। संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गरिने भएको छ।
९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ ।
माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ।
त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। उनको नाम ३६ औं नम्बरमा छ ।
यसैबीच पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले विभूषण नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत दुवैजनाले विभूषण नलिने जानकारी गराएका हुन् । पत्रकार थापाले विभूषण सिफारिस गर्नुअघि आफूलाई नसोधिएको पनि उल्लेख गरेका छन् ।
Leave a Reply