Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुप्रबल जनसेवाश्री पदक: कार्टुनिष्ट रविन सायमीले गरे अस्वीकार

    सुप्रबल जनसेवाश्री पदक: कार्टुनिष्ट रविन सायमीले गरे अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडाैं । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।

    २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन् ।



    उक्त सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ ।



    तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

    पदकमध्ये सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपाल रत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिनेछ।

    यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन्। यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार