Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रचण्ड र नेपाललाई मधु–कैटवको संज्ञा दिंदै ओलीले भने–दुबै कम्युनिस्ट होइनन्

    प्रचण्ड र नेपाललाई मधु–कैटवको संज्ञा दिंदै ओलीले भने–दुबै कम्युनिस्ट होइनन्

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुबै जना कम्युनिष्ट नभएको दावी गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै आफ्नै पार्टीका नेताहरुमाथि खनिएका ओलीले कतिपय नेताहरुले ‘माधव कमरेड पार्टीमा आउनुस्’ भनेकोप्रति आक्रोश पोखे ।

    आगामी चुनावमा प्रचण्ड र नेपालको पार्टीसँग कुनै तालमेल नहुने प्रष्ट पार्दै उनले दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने बताए । उनले भने–‘प्रचण्ड र नेपाल दुबै कम्युनिस्ट होइनन् । माधव नेपाल गुटसँग केही हुँदैन ।’



    प्रचण्ड र नेपालको चर्को आलोचना गरेका उनले दुबै नेतालाई मधु–कैटवको संज्ञा दिएका छन् । उनले भने–‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’



    ५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार