Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडौंका तीन जनामा कोरोना र्‍यापिड टेस्ट पोजिटिभ

    काठमाडौंका तीन जनामा कोरोना र्‍यापिड टेस्ट पोजिटिभ

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडाैँ। बेलायतबाट फर्केर काठमाडौंमा बसेका तीन जनामा कोरोना संक्रमणको र्‍यापिड टेस्ट पोजिटिभ देखिएको छ। काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने तीन जनामा र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि कोरोना परीक्षणका लागि पठाइएको छ।

    अपार्टमेन्टको १५ तल्लामा बस्दै आएका तीन जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ । पाटन अस्पतालका अनुसार पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको छ ।



    पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष श्रेष्ठका अनुसार उनीहरु तीन जनाकै र्‍यापिड टेस्ट पोजिटिभ देखिएको बताए। डा.श्रेष्ठले भने, ‘र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि तीन जनालाई नै कोरोना परीक्षणका लागि सोमबार साँझ पठाइएको छ। कोरोना परिक्षण रिपोर्ट आउन केही समय लाग्‍ने छ।’



    एकै परिवारका उनीहरु ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। प्रहरीका अनुसार अपार्टमेन्टमा बस्‍ने तीन जनालाई र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको छ। अपार्टमेन्टलाई प्रहरी घेरामा राखिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार