Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ‘खोप नबनेसम्म विश्व पहिलेकै अवस्थामा फर्कन सक्दैन’

    ‘खोप नबनेसम्म विश्व पहिलेकै अवस्थामा फर्कन सक्दैन’

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 1.5K
    SHARES

    वासिंटन। माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी अर्बपति बिल गेट्सले कोरोना भाइरसविरुद्धको खोप विनकास नभएसम्म अब विश्व पहिलेकै अवस्थामा फर्कन नसक्ने बताएका छन् ।

    विश्वलाई पहिलेकै अवस्थामा लैजान खोपको विकास गर्नुपर्ने एक मात्र उपाय भएको उनले औंलाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँगै विश्वको अर्थतन्त्रमा भारी गिरावट आएको बताइएको छ ।



    २००९ को आर्थिक संटक भन्दा पनि गहिरो संकटमा फसेको विज्ञहरुको तर्क छ । यस्तैमा अर्बपति बिल गेट्सले पहिलेको लयमा विश्व अर्थतन्त्रलाई लैजान नसकिने बताएका हुन् । खोप सुरक्षा परीक्षणका लागि सम्झौता आवस्यक भएको पनि उनले औंल्याए ।



    वर्तमान विश्व नै हाल खोप निर्माणको प्रतिष्पर्धामा लागेको गेट्सले बताए । बिल गेट्सको परोपकारी संस्थाले पनि कोरोना विरुद्धको खोपको विकासका लागि सहयोग गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार