Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस सरकार चलाउन असक्षम : पूर्वमन्त्री साह

    कांग्रेस सरकार चलाउन असक्षम : पूर्वमन्त्री साह

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / राजविराज। पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस सरकार चलाउन असक्क्षम रहेको बताएका छन् ।

    बुधबार राजविराजमा आईटी आर्मीको सप्तरी जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले दुई महिनाभन्दा बढी समय बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै सरकार चलाउन असक्क्षम रहेको बताए ।



    उनले भने, ‘अहिलेको अवस्था आइटी युग भएको कारण आईटी सम्बन्धित ज्ञान धेरै मानिसमा नभएका कारण पछाडि परेको उनले बताए ।



    मधेशमा प्रयाप्त श्रोत साथन भएका पनि यहाँका नेताहरुले काम गर्न नसकेको भन्दै नेताहरु आफ्नो कुर्सी र स्वार्थकै कारण मधेशी नेताहरु बदनाम भएको उनले आरोप लगाए । अहिले देशमा दलाल, चौकिदार र भ्रष्ट मानिहरुले देश चलाई रहेको उनले बताए ।

    यस्तै, मधेशी जनताले प्रदेश नम्बर २ मा मधेशी पार्टीलाई बहुमत रहेपनि सरकार चलाउन नसकेको आरोप लगाए ।

    कार्यक्रममा इस्लाम हवारी, सिरया यादव, कुन्दन कुश्वाहा, श्रीलाल यादव, प्रभात महतो लगायतले आ–आफ्नो विचार राखेका थिए । उक्त कार्यक्रमा दिलिप कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार